राजकुमार मिकासाकाे निधनमा शाही परिवारले ७ दिन शोक मनाउने

 जापान  । जापानी सम्राट अकिहितो तथा उनका शाही परिवारले राजकुमार मिकासाको निधनमा सात दिन शोक मनाउने भएका छन् ।

सम्राट अकिहितोको अंकल पर्ने राजकुुमार मिकासाको १०० वर्षको उमेरमा निधन भएको थियो ।

साम्राज्ञी युरिकोले मिकासाको मृत्यु भएको ९० दिन सम्म शोक मनाउने छिन् भने अन्य शाही सदस्यले ७ देखि ३० दिन सम्म शोक मनाउने छन् ।

सम्राट अकिहितोले भने जापान भ्रमणमा आएका फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्ते संगको बिहीबार साँझ हुने भनिएको बैठक रद्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?