क्यान्सर पीडितलाई रामेछाप समाजको सहयोग

टोकियो । रामेछाप समाज जापानले रक्त क्यान्सरको उपचारका लागि सिन्धुलीकी भेषकुमारी श्रेष्ठलाई एक लाख १० हजार पाँच सय रूपैंया सहयोग गरेको छ ।

सो उपचारको लागि भेषकुमारीको परिवारलाई अत्यन्त कठिनाई भएको कारणले समाजले उक्त रकम सहयोग गरेको हो ।

रामेछाप समाज जापानका अध्यक्ष उत्तम कुमार श्रेष्ठले समाजकाे जापनमा रहेको केन्द्रीय कार्यसमितिको सदस्यहरूबाट उठाएर सो रकम बिरामीलाई सहयोग गरिएको बताएका छन् ।

विगत तीन महिनादेखि रक्त क्यान्सारबाट पीडित श्रेष्ठलाई हाल उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको छ ।

तमाङ सञ्चार समूहका अध्यक्ष जगत दोङ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य हिरालाल तामङ, समाज सेवी युवा क्लब हिलेदेबि रामेछापका अध्यक्ष कुलबहादुर थिङको रोहवरमा यही मिति २०७३/०७/११ गते रामेछाप समाज जपानको महासचिव शिक्षा शान्ति वाइबा र सल्लाहाकार चन्द्रमान तामाङले अस्पतालमै पुगेर श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?