अमेरिका र चीन विच युद्द भए जापानलाई फिलिपिन्सको समर्थन रहने

जापान । अमेरिका तथा  चीन विच युद्द भए जापानलाई फिलिपिन्सको समर्थन रहने  भ्रमणका क्रममा जापान आएका फिलिपिन्सका राष्ट्रपती रोद्रिगो दुतेर्तेले बताएका छन्।

दुतेर्तेले अमेरिका र चीन विच भविष्यमा युद्दको सम्भावना रहेको बताउदै उनले यदि यस्तो अवस्था आएमा जापान र फिलिपिन्स एक साथ अगाडी बढ्नु पर्ने बताएका छन ।

दुर्तेले बुधबार जापान र फिलिपिन्स दुवै पक्षका सांसदको मैत्री संघद्दारा आयोजित वैठकमा यस्तो भनाई राखेका थिए । वैठकमा सहभागी जनाएका एक प्रतिनीधीले दुर्तेको भनाईलाइ उदृत गर्दे चिनको बढ्दो ताकतको पछाडी भविष्यमा चिनले अमेरिका जस्तै अन्य शक्तिशाली देशसंग टकराउने सम्भावना रहेको बताएका छन् ।

दुर्तेले यस्तो अवस्था आएमा जापान र फिलिपिन्स मिलेर काम गर्नु पर्ने बताएका छन ।साथै उनले जापान तथा फिलिपिन्सकोको अवस्था चिन संग समतुल्य भएकाले दुवै देश मिलेर अगाडी बढ्नु अत्यावश्यक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?