जापानमा सुनामी पीडितलाई क्षतिपूर्ति दिन अदालतको आदेश

जापान । एक जापानी अदालतले २०११ को विनासकारी सुनामीमा ज्यान गुमाउने विद्यार्थीहरुका आमाबाबुलाई क्षतिपुर्ति स्वरुपको रकम दिन स्थानिय सरकारलाई आदेश दिएको छ ।

अदालतले ईसिनोमाकी शहर र मियागी प्रान्तको सरकारलाई सुनामीमा ज्यान गुमाएका २३ छोराछोराका परिवारलाई जनही १३ लाख भन्दा बढि रकम क्षतिपुर्ती स्वरुप भुक्तानी दिन आदेश दिएका छन् ।

सुनामीमा मियागी प्रान्तको ओकाया प्राथमिक विद्यालयका ७४ विद्यार्थीले ज्यान गुमाएका थिए । २०११ मार्चमा आएको भुकम्प र सुनामीमा ज्यान गुमाउने यो बालबालिकाको सबभन्दा ठुलो संख्या हो ।

 सुनामी र भुकम्प पश्चात प्लेनटिफ्स विद्यालयले विद्यालयका बालबालिकालाई तत्काल पहाड नजिकै सारेको थियो । जापानका विभिन्न शहर र प्रान्तका अधिकारीहरुले सुनामी अप्रत्याशित ढङ्गबाट आएको बताएका छन् । उनिहरुले विद्यालयलाई सुनामी प्रतिरोधात्मक बनाइएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?