ओलम्पिक खेलकुदका लागि टोकियोले विभिन्न योजना प्रस्ताव गर्न सक्छ : कोईके

 

जापान । टोकियो गभर्नर युरिको कोइकेले जापानको महानगर सरकार समक्ष जापानमा आयोजना हुने ३ ओटा ओलम्पिक स्थलको रुपान्तरणको लागि विभिन्न योजना प्रस्तावित गर्न सकिने बताएकी छिन् ।

 

टोकियो सरकारको एक समितीले खर्चमा कटौती गर्ने उदेश्यले विभिन्न प्रतियोगिता, पौडी तथा भलिवलको आयोजना गरिने स्थलमा फेरबदल गर्न सुझाब दिएको छ ।

गभर्नर कोइकेले अन्तराष्ट्रिय ओलम्पिक समितीले टोकियो सरकारलाई यस प्रकारको कडा फैसलामा साथ दिन र सहयोग गर्न नसक्ने बताएको पत्रकार समक्ष जानकारी गराएकी छिन् ।

उनले यसै अनुरुप प्रत्येक खेलकुद आयोजना स्थलको लागि एक योजनामा मात्र सिमीत नभई बहु योजना प्रस्तावित गर्न सकिने बताएकी छिन् ।

कोइकेले २०२० मा आयोजना गर्न लागिएको खेलको तयारीलाई मध्यनजर राख्दै समस्यासंग जुध्ने उपायको योजनामा आधारित विषयमा छलफलका लागि टोकियो सरकारले बरिष्ठ अधिकारीको बैठक बोलाइएको जानकारी दिएकी छिन ।

उनले यस योजनामा आवश्यक प्रवद्दन, आर्थिक पुर्न सशक्तिकरण तथा पर्यटन एवम संस्कृतीको बढवा दिने कदमलाई उल्लेख गरिने जानकारी दिएकी छिन् । जुन प्रक्रिया अप्रिल २०१७ देखि शुरु भई आउने चार वर्ष सम्म गहनरुपमा लागु गरिने जानकारीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?