फिलिपिन्सका राष्ट्रपति जापान भ्रमणमा

 

जापान। फिलिपीन्सका राष्ट्रपति रोद्रिगो दुतेर्ते तीन दिवसीय भ्रमणको क्रममा जापानमा छन् । राष्ट्रपति दुतेर्ते मंगलवार दिउसो टोक्योको हानेदा विमानस्थलमा पुगेका थिए ।आफ्नो  कार्यभार सम्हाले पछी उनको यो पहिलो जापान भ्रमण हो ।

बुधवार रोद्रिगोले जापानका प्रधानमन्त्री सिन्जु आवेसंग भेटवार्ता गरेका थिए । जापान यात्राको क्रममा उनले दक्षिण चीन सागरमा जारि समुन्द्री विवादको मुद्दाको विषयमा जापान सचेत हुनुपर्ने भनाई व्यक्त गरेका छन् ।

दुई देश विचको सम्बन्धलाई थप प्रगाढ बनाउन आफुले जापानको भ्रमण गरेको रोद्रिगोले बताए । दुतेर्तेले दक्षिण चीन सागरमा चीनसंग जारि फ़िलिपीन्सको समुन्द्री विवादको विषयमा पनि जापानलाई बताएका थिए ।

पछिल्लो हप्ता दुतेर्ते र चीनका राष्ट्रपति शी जिनपिंग दुई देशले तत्कालका लागि क्षेत्रीय मुद्दाहरुलाई समाधान गर्दै सम्बन्ध थप प्रगाढ बनाउँदै वार्ताको आयोजना गर्ने कुरामा सहमत भएका थिए ।

पत्रकार संग भएको साक्षात्कारको समयमा दुतेर्तेले चीनसंग अन्तराष्ट्रिय अदालतले सुनाएको फैसला अनुसार नै आफुले व्यवहार गर्ने बताएका थिए ।
उनले उचित समय आएपछि दुई देशहरु विच भएका सामरिक समस्याहरुलाई अन्तराष्ट्रिय कानुन अनुसार समाधान गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?