म्याग्दी प्रवासी संघले जापानमा देउसी भैलो खेल्ने

जापान। तिहारमा हरेक वर्ष जस्तै यस वर्ष पनि म्याग्दी प्रवासी संघ जापानले देउसी भैलो कार्यक्रम गर्ने भएको छ । संघको वार्षिक कार्यक्रम अन्तर्गत देउसी भैलो कार्यक्रमका लागि जापानको मोनामा रहेका सबै संघ सस्था र जापानबासि नेपालीहरुलाई संघले अनुरोध समेत गरेको छ ।

स्वदेश भन्दा धेरै टाढा रहे पनि आफन्त बिनाको एक्लोपन हटाउन र नेपाली संस्कृति जगेर्ना गर्नको लागि देउसी भैलो कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष महेन्द्र बानियाले बताए ।
टिपिकल नेपाली स्वादका विभिन्न परिकार र नेपाली कलाकारहरुको सांस्कृतिक मनोरन्जनका साथ भब्य देउसी भैलो कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम हुने मिति,स्थान र समय
 स्थान :- टोकियो रोधी कल्ब शिनओकुबो
समय :- राति १० बजे देखि शुरु
मिति :- २०१६ – १० – २९ तारिख, शनिबार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?