नेपाली विद्यार्थीहरुका लागि जापानमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो । एनआरएन जापान कान्तोको आयोजना र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा आइतवार ओच्यानोमिजुस्थित डिजिटल हलिउड विश्वविद्यालयमा नेपाली  विद्यार्थीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“जापानमा नेपाली विद्यार्थीका अवसर र चुनौतीहरु ” विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी लगायत शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजक समितिले विद्यार्थीहरुका धेरै भन्दा धेरै गुनासाहरु सुन्न र सुझावहरु लिन सजिलो होस् भन्ने उदेश्यले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेको थियो  ।

जापानका अग्रजहरूले कार्यक्रमको पहिलो चरणमा जापानको विद्यार्थी जीवन, वर्तमान चुनौती, समस्या र भावी सम्भावनाका बारेमा बोलेका थिए । नेपाली विद्यार्थीहरुले जापानमा पढ्दा अपनाउनु पर्ने नियम, प्राप्त गर्ने सुविधा तथा अफ्ठ्यारा विषयहरुको बारेमा कार्यक्रममा सहभागीहरु खाचुए सुजुकी, थागुची योसिहिरो, भुवन रोका, दिनेश रतला जोशी,डा. दिपेन्द्र गौतम, यशोदा बस्नेत, लगायतले बोलेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा उपस्थित व्यक्तिहरुले जापानमा रहँदा आफुले भोगेको जीवन भोगाई, उतारचढाव तथा सफलताका बारेमा बोलेका थिए ।

त्यसरी आफ्नो अनुभव सुनाउनेहरुमा जापानको प्रतिष्ठित कम्पनीमा काम गरिरहेका नेपाली विद्यार्थीहरु सचिन राई, विश्शेश्वर रेग्मी, सन्तु लामा मनिष बज्राचार्य र प्रकाश थापा रहेका थिए ।

जापानका लागि नेपालका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालको विशेष उपस्थिति रहेको सो कार्यक्रममा सहभागी भएका अधिकांश प्रतिनिधि तथा सहभागीहरुले कार्यक्रम उपयोगीमूलक रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको पहिलो सत्र एनआरएन कान्तो क्षेत्रीय समिति सचिव नविन न्युरे र जापान विद्यार्थी समाजका अध्यक्ष सन्तोष चोखालले सन्चालन गरेका थिए भने दोस्रो सत्र रितुकुमारी दुराले सन्चालन गरेकी हुन् । फोटो: अभिनास गुरुङ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?