भ्रामक समाचारको पछि नलाग्न गोर्खालीहरुलाई संयोजक भट्टराईको आग्रह

टोकियो । गोरखा समाज जापानको नाममा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न गोर्खालीहरुलाई आग्रह गरिएको छ ।

समाजले नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानका सभापति डिपी कंडेललाई राजनीतिक दलको रुपमा दिपावली तथा छठको अवसरमा गर्न लागिएको शुभकामना आदानप्रदान सहित देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रममा प्रतिनिधि बोलाउने निर्णय गरे संगै समाजलाई विवादमा तान्ने प्रयास गरिएको हो ।

नोभेम्वर २७ मा गर्न लागिएको अधिवेशन नजिक्किदै गर्दा पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न र जनसम्पर्क समिति जापानको आन्तरिक पूर्वाग्रहलाई लिएर राजनीतिक खोल ओडेका राजु पनेरु लगायत केहि व्यक्तिले जापानवाहिरबाट संचालित एक अनलाईनमा नियोजित रुपमा भ्रामक समाचार सम्प्रेषण गराएको खुल्न आएको छ ।

समाजका अध्यक्ष सिएम भट्टराई (चुडामणि) ले जापान सन्देशसंग कुरा गर्दै भने, ‘राजनीतिक खोल ओडेर सामाजिक भावनाले खोलिएको संस्था माथि आरोप थोपर्ने काम गरिएको छ । जुन स्वीकार्य छैन ।’

साँस्कृतिक कार्यक्रमलाई भाड्ने उदेश्य लिएर समाजको ८० प्रतिशत गोर्खालीहरु पनेरुको पक्षमा रहेको हास्यास्पद समाचार प्रकाशित गरेकोमा निराधार कुराको पछि नलाग्न समाजकी प्रवक्ता कमला कार्पीले आग्रह गरेकी छिन् ।

त्यस्तै गरी पनेरुले एनआरएन कान्साई क्षेत्रीय समितिका उपाध्यक्ष समेत रहेका भूमिराज दवाडीको नाम जोडेर प्रकाशित गरेको समाचारको खण्डन गरेका छन् । समाजले बोलाउने जुनसुकै पात्र आफूले स्वीकार गर्ने दवाडीको भनाई छ ।

जापानमा रहेका राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत सवैलाई आमन्त्रण गरिने समाजले यस अघि नै जनाई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?