जापान । जापानी दुई ठूला ट्रेड युनियन समूहले आगामी वर्षका लागि कामदारहरुको तलब २ प्रतिशतले बढाउनु पर्ने माग राख्ने भएका छन् ।
जापानको ट्रेड युनियन अथवा रेन्जोले चार वर्षमा एक पटक कामदारहरुको तलब बढाउनु पर्ने माग गर्ने बताएका छन् ।
कुनै पनि कारखानामा सिनियर कर्मचारी अनुसार नै तलबको बृद्दी गरिनुपर्ने माग समेत उनीहरुले राख्ने भएका छन् ।
त्यस्तै रेन्जोले नियमित काम गर्ने कामदार र अनियमित अर्थात पार्ट टाईम काम गर्नेहरुको हकमा कामका स्वरूपहरुमा पनि फरक हुनुपर्ने माग राख्ने भएको छ ।