जापानी नीतिनिर्माताहरुको समूह द्वारा यासुकुनी तिर्थस्थलको भ्रमण

जापान ।जापानी ८५ जना नीतिनिर्माताहरुको समूहले मंगलवार टोक्योको यासुकुनी तिर्थस्थलको भ्रमण गरेका छन् ।  त्यस तिर्थस्थलमा जापानी युद्दमा मारिएकाहरुको प्रतिमा राखिएको छ ।

दोस्रो युद्दमा मारिएका जापानी युद्द लडाकुहरुको सम्झना गर्दै उनीहरुको जीवनी पनि त्यहाँ खोपिएको छ । वार्षिक रुपमा मनाईने चाडमा त्यो समूहले प्रायजशो भ्रमण गर्ने गरेका छन् ।

जापानका सत्ता पक्षीय र प्रतिपक्ष पार्टीका नेताहरु सम्मिलित समूहले त्यस तिर्थस्थलको भ्रमण गर्ने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?