दर्शन समाज जापानको दसैं कार्यक्रम सम्पन्न

टोकियो । जापानमा रहेका ठकुरी समुदायको संगठन दर्शन समाज जापानको दशैं भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार टोकियोमा सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान, मान्यजनबाट टिकाजमरा तथा आशिर्बाद ग्रहण गरिनुका साथै दसैबिशेष मनोरञ्जनात्मक साँगीतिक वातावरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थित जापानी नागरिकहरुले पनि रमाईलो मान्दै टिका, जमरा ग्रहण गरेका थिए । कोजाग्रत पूर्णिमाका दिन पारेर भएको सो कार्यक्रममा समाजका अध्यक्ष सुरज मल्लले उपस्थित सबैमा स्वागत गर्नुका साथै बडा दसैंको शुभकामना दिएका थिए ।
शुभकामना दिनेमा समाजका सल्लाहकारहरु पवनवर्षा शाह, जनकबिक्रम शाही, तिलक मल्ल, रामकृष्णबम मल्ल लगायत थिए ।
दसैजन्य परिकारहरुको साथमा दिवाभोजसहितको सो कार्यक्रममा रामकृष्णबम मल्ल, यज्ञ मल्ल, एनिशा मल्ल, सुमिना सिंह, लक्ष्मी मल्ल, सञ्जु सिंहलगायतका कलाकारहरुले दसैं बिशेष गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?