कुमामोतोमा भूकम्प पीडितका लागि शोक सभा

कुमामोतो । जापानमा अप्रिल महिनामा क्युशु क्षेत्रमा आएको भूकम्पमा मारिने ४७ जना जापानीहरुको सम्झनामा जापानको दक्षिण पश्चिमी शहर कुमामोतोमा शोक सभाको आयोजना गरिएको छ । 

शनिवार भएको शोकसभामा मृतकका परिवार र अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यो क्षेत्रमा भूकम्पको ठुलो झट्का गएको ६ महिनापछि शोकसभाको आयोजना गरिएको हो । यो झट्का जापानको भूकम्प मापन केन्द्रले जनाए अनुसार धेरै तीव्र गतिको थियो ।
शोकसभामा उपस्थित भएका मानिसहरुले एक मिनेटको मौनधारण गरेका थिए । त्यसपछि मेयर काज़ुफुमि ओनिशिले सभामा उपस्थित मानिसहरुलाई सम्बोधन गर्दै भूकम्पले भत्किएको शहरको पुनर्निर्माणको लागि सबैले हौसला लिंदै अघि बढ्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?