डा. घिमिरेद्वारा जापानमा नेपाल र लुम्बिनीको प्रवर्धन

नागोया । जापानको नागोया स्थित मेजो युनिभर्सिटीमा आयोजित “मेजो इन्टरनेशनल फोरम” मा केंजो टांगेको गुरु योजना र लुम्बिनीमा आध्यात्मिकता (केंजो टांगेज मास्टर प्लान एंड स्प्रिच्युवालिती इन लुम्बिनी) बिषयमा डा. हिमलाल घिमिरेले कार्यपत्र प्रस्तुत गरेका छन् ।

सन् २०७८ मा जापानका प्रा. केंजो टांगेले सो गुरु योजना तयार गरेको हो । समग्र नेपालको पर्यटकीय आकर्षण, सामाजिक तथा संस्कृतिक बिषयहरुको जानकारी सहित गुरु योजना र लुम्बिनीमा आध्यात्मिकता सम्बन्धित सो प्रस्तुतिमा मेजो युनिभर्सिटीका विद्यार्थी रेशम उप्रेतीले साथ दिएका थिए ।

नेपाल र जापानको दौत्य सम्बन्ध स्थापना भएको ६० बर्ष मनाई रहेको सन्दर्भमा जापानमा नेपाल र लुम्बिनीको प्रवर्धन गर्न सान्दर्भिक भएको र यस्ता अन्तराष्ट्रिय सहभागिता र प्रस्तुतिहरुले नेपाल, लुम्बिनी, सगरमाथा लगायत नेपाली संस्कृति र गौरबका कुराहरुलाई विश्व सामु परिचित गराउन सक्ने कुरा डा. घिमिरे बताए ।

लुम्बिनी र पर्यटन बिषयमा बिद्यावारिधि समेत गर्नु भएका डा. घिमिरे जापान फाउन्डेसनको फेलोसिपमा नान्जन युनिभर्सिटी, नागोया, जापानमा बौद्ध पर्यटन: लुम्बिनी र ८८ बौद्ध मन्दिरहरु भएको जापानको सिकोकुको तुलनात्मक अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?