जापान र आईएमएफ ऋण सम्झौताको अवधि बढाउने कुरामा सहमत

जापान र अन्तराष्ट्रिय मुद्रा कोष आई एम एफ़ ऋण सम्झौताको अवधि ४ वर्षको लागि बढाउने सहमति भएको छ ।

जापानका वित्तीय मन्त्री तारो आसो र आई एम एफ़का महानिदेशक क्रिस्टीन लगार्ड को बिचमा वाशिंगटनमा शुक्रबार भएको बैठकमा त्यो निर्णय लिईएको थियो।

यूरोपमा भएको ऋण संकटबाट प्रभावित देशहरुलाई सहायताको लागि आई एम एफ़को प्रयासलाई मद्दत गर्नको लागि जापानले 2012 मा 60 अरब डलरको ऋण दिएको थियो  । त्यो ऋणको अवधि यो महिनाको अन्त्यमा समाप्त हुँदैथियो ।

बैठकपछि आसोले विश्व अर्थव्यवस्थाको सम्भावित खतरालाई निराकरण गर्नको लागि  आई एम एफ़लाई स्थिर पूंजीको आधार उपलब्ध गराउने कुरामा जोड दिएको थियो ।

आसोले अमेरिकाका वित्त मन्त्री जैक लियुसंग त्यो विषयमा भेटवार्ता पनि गरेका थिए  । दुवै देशका अधिकारीहरुले दुवै देशको लागि प्रशान्त पारि साझेदारी सम्झौताको महत्वलाई दोहोराएका थिए ।

छलफलको क्रममा जापान सरकार संसदको वर्तमान सत्रमा मुक्त व्यापार सम्झौताको विषयमा संसदको सहमति हासिल गर्न चाहेको आसोले लियुलाई बताएका छन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?