केसीको दाहासंस्कारको लागि आर्थिक सहयोग अपिल

टोकियो । रोजगारीको लागि स्याङ्ग्जाबाट जापान आइपुगेका दिपक केसीको दाह संस्कारको लागि स्याङग्जा समाज जापानले सहयोगको अपिल गरेको छ ।

यही अक्टोबर १ तरिखका दिन आकस्मिक निधन भएका केसीको अन्तिम संस्कारको लागि आर्थिक समस्या भएको भएको भन्दै समाजले जापानमा रहेका नेपाली राजदुतावास जापान, जापानमा रहेका विभिन्न संघसंस्थाहरू,विभिन्न पार्टीका भातृ संघसंगठनहरू, विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा सम्पुर्ण जापानवासी नेपालीहरुमा सहयोगको अपिल गरेको हो ।

केसीको पारिवारिक अवस्था अत्यन्तै दयनिय अवस्थामा रहेको, केसीको घरमा आमा मात्र भएकाले सबै नेपाली दाजुभाई तथा संघसस्थालाई केसीको दाहासंस्कारको लागी आर्थिक सहयोग गर्नका लागि समाजले बिनम्र अनुरोध गरेको छ ।

सहयोगको लागी स्याङ्ग्जा समाज जापानको जेपी बैंकको खाता 10110-62286891 セン ザ サマーズ ジャパン मा जम्मा गरी ( (080-3367-2547) ) मा सम्पर्क गर्ने सकिने समाजले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?