जापानी प्रधानमन्त्री आवे र रसियाका उपप्रधानमन्त्री बीच भेटवार्ता

जापान ।जापानी प्रधानमन्त्री सिन्जु आवेले डिसेम्बर महिनामा रसियाका राष्ट्रपति भल्दामिर पुटिनसंग हुने द्विपक्षीय भेटवार्तामा प्रादेशिक मुद्दाहरुको विषयमा सकारात्मक छलफल हुने विश्वास गरेका छन् ।

आवेले रसियाका उपप्रधानमन्त्री अर्कादे दोबोकोभिचलाई आईतवार क्योटोको अन्तराष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनमा भेटेका छन् ।

भेटमा आवेले दोबोकोभिचलाई आठ बुँदे आर्थिक सहकार्यको विषयमा जापानले काम गरिरहेको बताएका छन् । ती बुँदाहरुमा रसियाको सुदुर पूर्वमा उर्जा विकास र औद्योगिक सहयोगको विषयमा उल्लेख गरिएको छ ।

शान्ति सन्धि लगायत विभिन्न क्षेत्रहरुमा आवेले परिणाम हात पार्न खोजेको बताएका छन्।  दुई नेताको भेटमा दोबोकोभिचले रसिया जापानमा हुने सम्मेलनका लागि अत्यन्त आतुर भएको र द्विपक्षीय सम्बन्ध सम्बन्धमा थप सुधार गर्न चाहेको बताएका छन्।

जापानले आफ्नो भनेको ४ वटा समुन्द्री टापुमा रसियाले कब्जा गरिरहेको छ । तर जापानले ती समुन्द्री टापुहरु आफ्नो भएको दावी गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?