रेल दुर्घटनाबाट बच्न जापानले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने

जापान ।आपतकालीन अवस्थामा रेल दुर्घटना हुँदा बच्नको लागि जापानी रेल अपरेटरहरुले मल्टिपल फेल सेफ विधी अपनाएका छन् ।

त्यो प्रणाली अनुसार रेलका लिकहरुमा ट्रेनको कन्ट्रोल सिस्टमले अटोमेटिक विक इलेक्ट्रिक सिग्नल पठाएर रेलको गुडिरहेको गति नाप्ने काम गर्छ ।

त्यो प्रणालीले यदि रेलको गति आवश्यक भन्दा बढी हुने वित्तिकै तुरुन्त रेलको गति सिमित गरिदिन्छ र रेललाई दुर्घटना हुन बाट बचाउँछ ।

पश्चिम जापानमा सन् २००५ मा १०५ जनाको ज्यान जाने गरि रेल दुर्घटना भएपछी जापान सरकारले रेल सेवामा अटोमेटिक कन्ट्रोल सिस्टम जडान गर्ने अपरेटरहरु खोजिरहेको थियो।

यो वर्षको मार्च महिनामा जापान सरकारले आवश्यक स्थानहरुमा त्यस्तो सिस्टम जडान गरेको थियो । रेल्वे कम्पनीहरुले इमर्जेन्सी ब्रेकिंग सिस्टम सरकारले लागु गरे लगत्तै बधाई तथा शुभकामना दिएका छन् ।

जापानका अधिकांश स्थानहरुमा त्यो सिस्टम आउँदो वर्षको जुन महिना भित्रमा जडान गरिसक्ने सरकारको योजना रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?