अनेसासले जापान व्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै

 

टाेकियाे । सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानको प्रायोजनमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले ‘अनेसास सिटी मनी साहित्य पुरस्कार’ स्थापना गरेको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानका माध्यमबाट हरेक बर्ष प्रदान गरिने गरी पुरस्कारको स्थापना गरेको हो । समाजले यस बर्ष जापान ब्यापि खुल्ला कविता प्रतियोगिता गराई उत्कृष्ट तिन कवितालाई ‘अनेसास सिटी मनी साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताका लागि जापान भित्र रहेर कविता लेखन कार्य गर्दै आएका सम्पुर्ण कविहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनसुकै शिर्षकमा २०० शब्द भित्र कबिता लेख्नु पर्ने छ भने कवितामा कुनै जात, धर्म वा समुदायलाई प्रत्यक्ष आँच र असर पर्ने शब्द प्रयोग भएको पाइए उक्त कविता, प्रतियोगितामा सहभागी नगराईने अनेसासले बताएको छ।

यस्तै उत्कृष्ट तिन कवितालाई आउने लक्ष्मी जयन्ती (नोवेम्बर ६) का दिन बिषेश साहित्यिक कार्यक्रममा १५,००० येनका साथमा प्रमाण पत्र सहित पुरस्कृत गरिने अनेसास जापान च्याप्टर बताएको छ । कविता २०१६ अक्टुवर २० भित्र [email protected] ठेगानामा पठाउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?