अज्ञात समूहले टोक्योको रेल स्टेशनमा हानिकारक रसायन फ्याँक्दा नौ घाईते

 

टोक्यो । टोक्योको ट्रेन स्टेशनमा हानिकारक रसायन छर्किएको विश्वास गरिएको छ । त्यसरी छर्किएको रसायनको कारण नौ जना जापानी नागरिक सामान्य घाईते भएका छन्। 

ताकादानोबाबा रेल स्टेशनको प्ल्याटफर्म ३ मा बेलुकी ५ बजेर ४० मिनेटमा असामान्य गन्ध आएपछि २० जना मानिसहरुले प्रहरीलाई खबर गरेका थिए ।

त्यस मध्य नौ जनालाई घांटी र आँखामा समस्या देखापरेको प्रहरीले बताएको छ । घाईते नौ जनालाई तत्काल अस्पताल लगिएको र उनीहरुको अवस्था सामान्य रहेको उपचारमा खटिएकाहरुले बताएका छन् ।

घटनास्थलमा पाईएको प्रमाणको आधारमा हेर्दा त्यो पेन्ट स्प्रे गरिएको आंशका गरिएपनि आपतकालीन सेवामा खटिएका व्यक्तिहरुले त्यहाँ त्यस्तो हानिकारक रसायन फेला नपरेको बताएका छन् ।

https://youtu.be/b-A5aBZ_zVY

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?