वैश्विक प्रतिस्पर्धामा जापान आठौँ स्थानमा

जापान । स्विजरल्याण्डमा रहेको रिसर्च संस्थानले गरेको नयाँ सर्वेक्षणमा जापनले अन्तराष्ट्रिय अर्थतन्त्रमा आफ्नो प्रतिस्पर्धी गुमाएको देखाएको छ ।

विश्वको अर्थतन्त्र फोरम थिंग ट्यांकको विश्व प्रतिस्पर्धी सूचकांकले जापानलाई १३८ औ अर्थव्यवस्थामा ८ औं स्थानमा रहेको देखाएको छ । जुन पछिल्लो वर्षको तुलनामा दुई स्थान तल झरेको हो ।

सस्थांनका अधिकारीहरुले तीन मुख्य अर्थतन्त्रमा भने कुनै परिवर्तन नभएको जनाएको छ । जसमध्य स्विजरल्याण्ड पहिलो, सिंगापुर दोस्रो र अमेरिका तेस्रो स्थामा उच्च अर्थव्यवस्था भएको देशमा देखाएको छ ।

एशियाका अर्थशास्त्रीहरुले बताए अनुसार हंगकंग ९ औं स्थानमा, ताईवान १४ औं, दक्षिण कोरिया २६ औं र चीन २८ औं स्थानमा परेका छन् ।सर्वेक्षण गरेको संस्थानका अनुसार जापानका ठूला कम्पनीहरुले अधिकांश समय खोज र विकासमा लागेको बताईएको छ ।

जापानको अर्थव्यवस्थामा अन्य देशको औद्योगिक क्षेत्रको तुलनामा महिला सहभागिता न्यून रहेको संस्थानले बताएको छ ।
सर्वेक्षणका अनुसार जापान अन्य देशका क्षमतावान प्रतिभाहरुका उत्कृष्ट स्थान नदेखिएको पनि जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?