जापानमा गोर्खालीहरु जुट्दै, अधिवेशन नोभेम्वर २७ मा हुँदै (फोटो फिचर सहित)

टोकियो । गोरखाबाट जापान आई विभिन्न पेशा व्यवसाय गरि बसेका गोर्खालीहरुको वृहत भेलाले नोभेम्वर २७ आईतवार अधिवेशन गर्ने गरि सम्पन्न भएको छ ।

भेलाले चुडामणि भट्टराईको संयोजकत्वमा क्षेत्रगत प्रतिनिधि मुलक जिम्मेवारी वाँडफाड गर्दै २२ सदस्यीय कार्यलय टिम सहित ५३ सदस्यीय भेला आयोजक समिति बनाएको छ भने प्रवक्तामा कमला कार्पीलाई सर्वसम्मतिमा चयन गरिएको हो।

भेला आयोजक समितिका संयोजक चुडामणि भट्टराईको सभापतित्वमा सुरु भएको भेलामा अतिथिमा कृष्ण खड्का, भरत वस्ती र भेला उपसंयोजक कार्पीले समाजलाई अघि बढाउन अपनाउने विधि बारे चर्चा गरेका थिए भने उपस्थित गोर्खालीहरुले प्रतिनिधिमुलक सुझाव दिएका थिए । कार्यक्रम संचालन रविन्द्र श्रेष्ठले गरेका थिए ।

भेलाले कार्यालय टिममा तोचिगीबाट प्रशान्त थापा र राजु पनेरु, योकोहामाबाट विराट खनाल र शुसिला भट्ट, चिवाबाट सन्तोष अधिकारी, नानु देवकोटा र प्रकाश पन्त, ओशाकाबाट भूमिराज दवाडी र जीवन अमगाई, नागोयाबाट सुरज श्रेष्ठ र गोविन्द जंग सिजापति, गुम्नाबाट गोविन्द भट्ट र सरोज धिताल, साइतामाबाट प्रतिमा अधिकारी र विश्व अधिकारी, टोकियोबाट कपिल वगाले, प्रकाश श्रेष्ठ, दिपक खनाल, विष्णु तिवारी र अर्गुन अमगाईलाई क्षेत्रीय जिम्मेवारी तोकिएको छ ।

त्यस्तै गरि सो भेलाले विधान समिति समेत बनाएको छ । रविन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय विधान निर्माण समिति चयन गरेको छ । सदस्यहरुमा कपिल वगाले, ध्रुव अधिकारी, अर्जुन ढकाल, नेक बहादुर गुरुङ, लक्ष्मण थापा, सरिता ढकाल, अम्विका भन्तना र जीवन रेग्मीलाई जिम्मा दिइएको छ ।

अधिवेशन समय तोकिएपनि स्थान भने भेला आयोजक समितिले तोक्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?