पर्वत समाज जापानको वार्षिक साधारण सभा अक्टोवर १६ तारिखमा

जापान । विजया दशमी तथा शुभ दिपावली २०७३ को अवसरमा पर्वत समाज जापानले आफ्नो वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान तथा चियापन गर्ने भएको छ ।

आईतवार टोकियोमा बसेको समाजको नियमित बैठकले अक्टोवर १६ तारिख आईतवार चिबा स्थित किता कोगानेको संसार नेपाली रेस्टुरेन्टमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
आइतबार बिहान १० बजे देखी ३ बजे सम्म चल्ने साधारण सभामा समाजका कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन पेस हुने र महासचिवको तर्फबाट वार्षिक प्रतिबेदन पेस गरिने जनाईएको छ ।
समाजको औपचारिक कार्यक्रम सकिएपछि ४ बजे देखी १० बजे सम्म शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने जनाईएको छ ।

समाजले कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन जापानमा बसोबास गर्ने पर्वतवासीहरुलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?