जापान । जापानमा गैरआवासीय नेपाली संघ कान्तो क्षेत्रीय समितिले अक्टोवर २३ मा ” नेपाली विधार्थीका अवसर र चुनौतीहरु ” विषयक सेमिनार कार्यक्रम गर्ने भएको छ ।
जापानमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भोगाई र अनुभवहरु सुनेर त्यस विषयमा सल्लाह तथा परामर्श समेत दिनको लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।
साथै जापनको विश्वविद्यालयमा अध्ययन सकिसकेपछी नेपाली विद्यार्थीहरुको आगामी क्यारियरको बारेमा पनि सो कार्यक्रममा छलफल गरिने बताईएको छ ।
जापानको डिजिटल हलिवुड विश्वविद्यालयमा आयोजना हुने सो सेमिनारमा पहिलो चरणमा ‘ जापानमा नेपाली जीवन ‘ विषयक प्रस्तुति रहने र दोस्रो चरणमा ‘ सेन्पाईसंग बहस कार्यक्रम ‘ आयोजना हुने जनाईएको छ ।
कार्यक्रम आयोजना हुने स्थान, मिति र समय
मिति: २०१६ अक्टोवर २३
स्थान: डिजिटल हलिवुड विश्वविद्यालय
नजिकको स्थान : ओच्यानोमिजु स्टेशन
ठेगाना: टोकियो, चियोदा-कु, कान्दा सुरुगादाई ४-६