सिजुओकामा सिटी एक्स्प्रेस मनि ट्रान्सफरको सिजुओका शाखा र हिमालयन मार्ट शुभारम्भ

जापान । सिटी एक्स्प्रेस मनि ट्रान्स्फर र हिमालयन मार्ट शुभारम्भ सिटी एक्स्प्रेस मनि ट्रान्स्फरको सिजुओका शाखा आईतवार बाट सन्चालनमा आएको छ ।

 सिजुओका को कोमागाता दोरीमा स्थापना भएको कार्यालयको एक कार्यक्रम का बिच सिटी एक्स्प्रेस मनि ट्रान्सफर जापानका अप्रेशन प्रमुख सिद्धार्थ शाक्य तथा सेभेन सामुराइ इन्टरनेश्नल कम्पनीका प्रमुख रेशम डङ्गोलले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन पछि आयोजना गरिएको कार्यक्रममा बोल्दै अतिथिहरुले  नयाँ शाखाले जापानमा रहेका  नेपाली लगायत विदेशी नागरिकहरुलाई रकम पठाउन सहज हुने बताएका छन् ।

कार्यक्रममा सिटि एक्सप्रेस प्रमुख शाक्यले दशैंको अवसरमा सिटी एक्स्प्रेसले ल्याएको नयाँ उपहार योजनाको बारेमा पनि बोलेका थिए । कार्यक्रममा सेभेन सामुराइ इन्टरनेश्नल कम्पनीका प्रमुख रेशम डङ्गोलले शाखा शुभारम्भको अवसरमा रकम पठाउँदा यो महिना को अन्तिम सम्म सेवा शुल्क नलाग्ने अफर लागु गरिएको बताएका छन् ।

उदघाटन कार्यक्रममा जनसम्पर्क समिती सिजुओकाका सभापति आनन्द पुलामी, प्रवासी नेपाली मन्च सिजुओका संयोजक बालकृष्ण ढुंगाना, एन आर एन सिजुओका रुपक बस्नेत, नमस्ते नेपाल सिजुओकाका दिलिप महर्जन, होटल व्यावसायी दिपक रेग्मी लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै गरि सेभेन सामुराइ इन्टरनेशनल अन्तर्गत सन्चालित हिमालयन मार्ट पनि शुभारम्भमा आएको । सिजुओकाको पहिलो नेपाली मार्ट हिमालयन मार्टले शुभारम्भको अवसरमा सामान खरिदमा १० % छुटको सुविधा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?