जापान आउँदै हुनुहुन्छ भने पढ्नुस !

जापानमा अध्ययनको लागि या घुम्नको लागि आउँदै हुनुहुन्छ भने तपाईले यहाँको संस्कृति, रहनसहन र ठाउँहरुको बारेमा जान्नु पर्ने हुन्छ । तपाईले बाँचिरहनु भएको संस्कृति, तपाईले खानपान शैली आदिको बारेमा तपाईलाई ज्ञान भयो भने तपाईलाई जापानमा घुम्न सहज हुनेगर्छ । धेरै वर्षकै लागि अध्ययन र कामको लागि पनि जापान जाँदै हुनुहुन्छ भने पनि तपाईलाई जापानका न्युनतम चलन र रहनसहनको बारेमा ज्ञान हुनुपर्दछ ।

जापानका केहि अनौठा र रोचक तथ्यहरु यस्ता छन् ।

जापानमा घोडाको मासु धेरै नै प्रख्यात मानिन्छ । जापनमा ५०००० भन्दा बढी मानिसहरु सय वर्ष भन्दा माथिका छन् ।

 जापानमा रेलमा यात्रा गर्ने क्रममा रेल स्टेशनहरुमा धेरै भिंड हुने गर्दछ त्यस्तो वेलामा रेल स्टेशनहरुमा मानिसहरुलाई रेल भित्र प्रवेश गराउनको लागि छुट्टै मानिसहरुलाई तलव सहित काममा राख्ने गरिन्छ । जापानको रेल स्टेशनमा रोकिने समय कम्तिमा पनि १७ सेकेण्ड हो । अत्यन्त द्रुत गतिमा हिड्ने जापानी रेल स्टेशनमा मानिसहरु उत्रिनेसमय भन्दा बाहेक १७ सेकेण्ड भन्दा बढी रोकिंदैन ।

जापानमा अवेर रातिसम्म रक्सि खाएर नाच्न गैरकानुनि मानिन्छ ।

जापानमा धेरै प्रेमी जोडीहरुले क्रिसमसलाई ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाउँछन् ।जापनमा क्रिसमसलाई प्रेमीहरुको दिनको रुपमा मान्ने गरिन्छ ।
जापनमा अशुद्द तरिकाले अंग्रेजीमा लेखिएको जताततै देख्न सकिन्छ । जापानमा लगाउने टिसर्ट तथा अन्य फेशनका सामानहरुमा अशुद्द तरिकाले अंग्रेजी लेखिएको भेटिन्छन् ।
जापानमा ७० प्रतिशत भूभाग हिमालयले भरिएको छ जसमध्य २०० वटा मात्रै ज्वालामुखीहरु रहेका छन् ।फुजी जापानको सबैभन्दा अग्लो हिमाल हो

जापानमा धर्मले मानिसको जीवनयापनमा खासै ठुलो प्रभाव पारेको देखिदैन त्यसकारण पनि होला जापानका प्राय मानिसहरुले शिन्तो र बुद्द धर्मको भिन्नताहरु छुट्टाउन सकिरहेका हुँदैनन् ।
जापानमा भाषाका मुख्यतया चारवटा लिपिहरु छन् । ती हुन् – रोमाजी, काताकाना, हिराकाना, कान्जी।
जापानमा कफी धेरै नै प्रख्यात मानिन्छ । त्यसकारण पनि होला जापानले वार्षिक रुपमा जमैकामा उत्पादन हुने ८५ प्रतिशत कफी आफ्नो देशमा भित्राउँछ ।
जापानमा मानिसहरु शतप्रतिशत साक्षर छन् ।
जापानमा सुमोलाई राष्ट्रिय खेलको रुपमा लिईन्छ तर बेसबल पनि त्यहाँ प्रख्यात नै छ ।
संसारकै ठुलो जंगलको रुपमा परिचित एमेजन जंगलको काठका टिम्बाहरु आयात गर्ने प्रमुख देशमा जापान पर्ने गर्दछ

जापनमा वार्षिक रुपमा १५०० भूकम्पहरु आउने गर्छ ।

जापान विश्वमै सबैभन्दा धेरै अटोमोवाईल उत्पादन गर्ने देश हो । टोक्योमा रहेको तुसुकिजी बजार विश्वकै सबैभन्दा ठुलो माछाको बजार हो ।
पहिले पहिले आफ्नो प्रेमिसंग विछोड भएपछी जापानीहरुले आफ्नो कपाल काट्ने गर्दथे तर अहिले त्यो चलन विस्तारै हट्दै गईरहेको छ
जापानका केहि कम्पनीहरुले आफ्ना कामदारहरुलाई दिउँसो राम्रो काम गर्न सकुन भनेर विहान व्यायाम गर्न लगाउने गर्छन् ।
जापनमा धुम्रपान नगर्ने स्थान भेटाउन धेरै नै गाह्रो हुन्छ । शहरका रेष्टुरेन्ट देखि पारिवारिक रेष्टुरेन्ट सम्म सबैतिर धुम्रपान गरिरहेकै व्यक्तिहरु भेटिन्छन् । यतिसम्म कि जापानी नेताहरु स्वयंम गाँजा उत्पादन गर्ने उद्योग खोल्न ईच्छुक र रुची राख्छन् । जापानमा धुम्रपान विरोधी कानुन अस्तित्वमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?