जापानको दक्षिणपश्चिम क्षेत्रमा चिनियाँ वायुसेना प्रवेश

 

जापान । आईतवार चिनियाँ वायु सेना जापानको ओकिनावा क्षेत्रको मियाकोमा प्रवेश गरेपछि जापानले पनि आफ्नो लडाकु विमानलाई तयार अवस्थामा रहन निर्देशन दिएको जापानको रक्षामन्त्रालयले बताएको छ । 

ओकिनावा र मियाको टापुको विचमा दुई लडाकु विमान सहित रहेको आठ वटा चिनियाँ विमानहरु विहान प्रवेश गरेको मन्त्रालयले जनाएको छ ।

त्यो कदमले जापानको प्रादेशिक हवाई स्पेसमा कुनै असर नपरेको मन्त्रालयले जनाएको छ । यस अघि चिनियाँ वायु सेनाका अधिकारीहरुले ४० वटा विमानहरु पश्चिमी प्यासिफिक क्षेत्रमा जाने चिनियाँ मिडियाहरुले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?