जापानी स्कुले शिक्षाका रोचक पक्षहरु

जापान। जापानमा विधार्थिहरुलाई ओसारपसार गर्नको लागि स्कूल बसको व्यवस्था गरिएको हुँदैन जसका कारण विधार्थिहरु बस वा ट्रेनबाट विध्यालय आउने जाने गर्छन ।

नेपालमा जस्तो विध्यालयका कक्षा कोठाहरु सफा गर्नको लागि कुनै पियन वा तेस्रो व्यक्ती राखिएको हुँदैन। विध्यार्थिहरु स्वयंम आफैले नै आफ्नो कक्षा सफा गर्नुपर्दछ ।
विध्यार्थिहरुले लन्च खानको लागि विध्यालयमा प्राय छुट्टै क्यान्टिन हुँदैन ।आफुलाई पायक पर्ने ठाउँमा बसेर विध्यार्थिहरुले आफ्नो खाजा या खाना खान सक्छन् ।
जसमा स्कूलकै खाना खानु पर्छ भन्ने छैन, घरबाटै ल्याउन पनि सकिन्छ तर जंक फूड भने स्कुलमा लैजान पाईदैन । जापनमा कक्षा १ देखि ९ सम्म कक्षा चढ्ने क्रम रोकिन्न सबैजना खुरुखुरु माथिल्लो कक्षा चढेकै देखिन्छन।
राम्रो काम पाउन राम्रै विश्वविद्यालयको डिग्री चाहिने र राम्रो विश्वविद्यालय भर्ना हुन दिनु पर्ने प्रवेश परिक्षा राम्रै माध्यमिक बिद्यालय पास गरेकाले मात्र उत्तीर्ण हुन सक्ने भएकाले माध्यमिक विद्यालयको प्रवेश परिक्षा धेरै प्रतिस्पर्धात्मक हुन्छ।
त्यस्तो प्रवेश परीक्षाको तयारीका लागि बिद्यार्थीहरु क्राम स्कुलमा भर्ना हुने गर्छ्न।त्यहाँ स्कूलको परिक्षा भन्दा भोली हुने माध्यमिक र उच्च शिक्षाको प्रवेश परिक्षा उतिर्ण हुनु महत्त्वपूर्ण मानिन्छ ।
शिक्षकहरु प्रत्येक बर्षको शैक्षिक सत्र अर्कै बिद्यालयमा सरुवा हुन सक्छन। पहिलो त्रैमासिक पछि ६ हप्ता विदा, दोस्रो त्रैमासिक पछि २ हप्ता विदा र तेस्रो त्रैमासिक पछि १ हप्ता विदा हुने गर्छ।
जापानमा नयाँ शैक्षिक सत्र हरेक वर्षको अप्रिल महिनामा शुरु हुन्छ। जापानमा प्राथमिक कक्षा ६ बर्षको, निम्न माध्यमिक ३ बर्षको र माध्यमिक ३ बर्षको गरी १२ बर्षको बिद्यालय शिक्षा हुन्छ। कक्षा ९ सम्म अनिवार्य शिक्षा लागू गरिएको हुन्छ।
जापानमा नियमको मामिलामा विध्यार्थी हुन या शिक्षक सबैलाई स्कुल सन्चालनको समयमा सबै नियम समान रुपमा लागू हुन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?