आवे सवार विमान सनफ्रान्सिस्कोमा आपतकालिन अवतरण

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवे सवार विमानमा समस्या देखिएपछि सनफ्रान्सिस्कोमा विमानमा तेल भर्नको लागि अवतरण गरिएको सरकारी अधिकारिहरुले बताएका छन् ।

क्युवाको भ्रमण सकेर आवे टोकियो आउँदै थिए । जापानी प्रधानमन्त्री विमान सवार हुँदा आपतकालीन अवस्थाको लागि भनेर तेल जगेडा राख्ने गरिन्थ्यो ।

जापान सरकारको क्याविनेटका उप-प्रमुख सचिव कोतारो नोगामीले पनि विमानमा जगेडा राखिएको इन्धन राखिएको अधिकारीहरुले बताएका छन् ।

आवे न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलन र क्युवाको भ्रमण गरेर शनिवार राति टोकियो फर्किदैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?