जापानमा चार अमेरिकी पर्यटक गिरफ्तार

जापान । जापानमा चार जना अमेरिकी पर्यटकहरु गिरफ्तार भएका छन् । जापानी घरहरुको स्टोर सटरमा स्प्रे गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएका पर्यटकहरुले भने आफुहरुलाई स्प्रे गर्न अनुमति दिईएको स्पष्टीकरण दिएका छन्।  टोकियो प्रहरीले अमेरिकी नागरिकहरुलाई सार्वजनिक सम्पतिमा क्षति पुर्याएको आरोप लगाएको छ ।
गिरफ्तार गरिएका मध्य एक अमेरिकी नागरिक गोरगोनले शिवुया सहरमा त्यसरी स्प्रे गर्न रोकावट नभएको स्पष्टीकरण दिएका छन्।
गिरफ्तारको क्रममा प्रहरीले अमेरिकी नागरिकहरु बाट २४ वटा स्प्रे क्यान, ६७ वटा पेन्ट नोजल र १२ मार्करहरु बरामद गरिएका थिए।

https://youtu.be/ygjMKwaBrRw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?