शरणार्थी सहायताको लागि आवे द्वारा २.८ अरब डलर सहयोगको प्रतिवद्दता

जापान । जापानका प्रधानमन्त्री सिन्जु आवेले शरणार्थी र प्रवासीहरु र तिनीहरुलाई शरण दिने देशहरुलाई आगामी ३ वर्षमा २.८ अरब डलरको नवीनतम मानवीय सहायता  सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रको पहिलो शिखर सम्मेलनमा शरणार्थि र प्रवासीहरुको मुद्दामा  आवेले सो विचार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री आवेले जापानी सहायता दुईवटा समानान्तर मार्गहरुमा आधारित रहेको र जसमा आपात मानवीय सहायता र शरणार्थि तथा उनीहरुलाई शरण दिने देशहरुको दिर्घकालिन विकासमा सहयोग गर्ने बताएका छन् ।

आवेको सहयोगको प्रतिवद्दता संगै शरणार्थीहरुको सकुशलता र उनीहरुको आत्मसम्मानको सुरक्षा गर्नमा मद्दत मिल्नुका साथै उनीहरुलाई शरण दिने समुदायहरुसंग उनको सह-अस्तित्वलाई बल मिल्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?