जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा लामा, महासचिवमा श्यामहरि पाण्डे

जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा हवलचन्द्र लामा चुनिएका छन् । माओवादीका दुई भातृसंगठनको एकतापछि मञ्चको पाँचौं एकता अधिवेशनबाट लामाको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
टोकियोमा सोमबार सम्पन्न महाधिवेशनको कार्यसमितिका ५ जना उपाध्यक्षहरु रहेका छन् । जसमा हिमाल भट्टराई, मोहन पौडेल रोशन श्रेष्ठ, लोकनाथ अधिकारी र रामु खड्का रहेका छन् ।

त्यस्तै महासचिवमा श्यामहरि पाण्डे र उपमहासचिवमा बाबुराम पौडेल तथा सचिवमा सरोज धिताल र जनक सुवेदी सर्वसम्मत चयन भएका छन् ।

कोषाध्यक्षमा श्रवण सत्याल र सहकोषाध्यक्षमा लेखनाथ शर्मा चयन भएका छन् ।अधिवेशनमा भाग लिनको लागि माओवादी केन्द्रका नेताहरु देव गुरुङ, लिलामणि पोखरेल युवराज चौलागाई जापान आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?