जापानको दक्षिण र पश्चिम क्षेत्रमा भिषण आँधी

जापान । जापानको प्यासिफिक कोस्टमा आएको शक्तिशाली आँधीका कारण हजारौ परिवार प्रभावित भएका छन् ।

भविष्यमा जान सक्ने सम्भावित बाढी पहिरोलाई लिएर जापानको मनसुन विभागले सचेत हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

बढ्दो आँधीका कारण टाईफोन कम भई असिनापानी परिरहेको जनाईएको छ । आँधीका कारण अहिले सम्म ८ जना घाईते भएका छन् ।

जापान सरकारले बढ्दो आँधीलाई ख्याल गर्दै ६ लाख ९० हजार मानिसहरुलाई जापानको पश्चिमी र दक्षिणी भागबाट अन्यत्र जान सुझाव दिएको छ ।
जापानको १५० आन्तरिक हवाई उडानहरु आँधीका कारण रद्द गरिएका छन् । कागोशिमा क्षेत्रमा आएको ठुलो आँधीका कारण रोकेर राखेका ट्रकहरु ढलाई दिएको छ भने विजुलीका पोलहरु पनि ढलेका छन् ।
.
त्यस्तै मियाजाकी क्षेत्रमा पनि बाढी गएको र भौतिक संरचनाहरु ध्वस्त हुँदै गएको जनाईएको छ। जापान सरकारले सर्वसाधारणलाई सहयोगका लागि ७० जना विशिष्ट अधिकारीहरु खटाएको छ ।

अहिले सम्मको सामान्य दुर्घटना बाहेक मानव क्षतिको भने खबर नआएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?