न्युयोर्कमा आवे र हिलारी क्लिन्टन भेट्दै

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवेले अमेरिकी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वार हिलारी क्लिन्टनसंग भेटवार्ता गर्ने जापानी सरकारले बताएको छ ।

न्युयोर्क होटलमा भएको मिटिंगमा हिलारी क्लिन्टनको अनुरोधमा आवेले उनी संग भेटवार्ता गर्ने जापानी अधिकारीहरुले जनाएका छन् ।

दक्षिण एशियामा बढ्दै गएको सुरक्षा व्यवस्थाको चुनौतिलाई लिएर आवे र हिलारी विच छलफल हुने जनाईएको छ । हिलारीले अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डोनाल्ड ट्रम्पसंग नोभेम्बरमा प्रतिस्पर्धा गर्दैछिन् ।

हिलारी राष्ट्रपति निर्वाचनमा विजयी भए ओवामाकै नीतिलाई निरन्तरता दिने जनाईएको छ । आवे आईतवार  संयुक्त राष्ट्र संघ महासभामा भाग लिन न्युयोर्क आएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?