जनप्रगतिशील मोर्चा जापानको एकता अधिबेशन आज, अधिबेशनलाई गुरुङ, पोखरेल र चौलागाइले सम्बोधन गर्दै

टोकियो । तत्कालिन एमाओबादी, नेकपा माओबादी (बादल पक्षधर) लगायत बिभिन्न १० माओबादीको एकीकरण पछि देश विदेशमा रहेका माओबादीहरुमा थपिएको उत्साहसंगै जापानमा रहेका माओबादीहरु बीच पनि आज एकता हुदैछ ।

जापानमा रहेको माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको सोमबार टोकियोमा एकता अधिबेशन हुने भएको हो ।

उक्त अधिबेशनलाई नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु केन्द्रिय कार्यालय सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल र पोलिटब्यूरो सदस्य तथा बिदेश बिभाग सचिव युवराज चौलागाईले सम्बोधन गर्ने भएका छन ।

यस्तै टोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा हुन गईरहेको अधिवेशनको घोषणा समारोहमा नेपालको समसामयिक राजनैतिक बिषयवस्तुमा नेताहरुसंग जापानबासी नेपालीहरुले खुल्ला अन्तक्रिया गर्ने भएका छन् ।उक्त कार्यक्रममा उपस्थित भईदिन मोर्चाले जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा अपिल गरेको छ ।

अधिवेशनमा भाग लिनका लागि नागोया, ओसाका, सिजुओका, गुन्माकेन, चिवा, इवाराकी, साइतामा, योकोहामा, तोचीगी लगायतका टाढा टाढाका सहरबाट मोर्चामा आबद्ध कार्यकर्ता तथा शुचचिन्तकहरु बिहानै टोकियो आईसकेका छन् ।

निशीओगीकुबो स्टेशनबाट अधिवेशन स्थलसम्म पुग्नका लागि स्टेशनमा गाडीको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?