नेपाली जनसम्पर्क समिति जापानले बिपी र गणेशमानलाई सम्झीयो

जापान । नेपाली जनसम्पर्क समिति जापानले जनआन्दोलन २०४६ का सर्बोच्च कमाण्डर लौह पुरुष गणेशमान सिंह र नेपाली प्रजातान्त्रकि आन्दोलनका नायक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वर प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ ।

२०१६ सप्टेम्बर १५ तारिकका दिन जापानको गुन्बाकेनमा आयोजित लोकतन्त्र, विपी र गणेशमान विचार तथा वर्तमान राजनीति विषयक विचार गोष्ठिमा सहभागिहरुले विपी र गणेशमानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पुर्याएको बताए ।

कार्यक्रमका वक्ताहरुले विपीले छ दशक अघि उठाएको राष्ट्रिय मेलमिलापको नीति, नयाँ आयामहरु र उनका बीचारहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनीहरुले विपी र गणेशमानको विरासत लिन सक्ने नेतृत्वको अभाव खड्कीदै गएको बताए ।

कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति जापानका सभापति नारायण सुवेदीले गरेका थिए । कार्यक्रममा समितिका निवर्तमान सभापति बलराम श्रेष्ठ ,उपसभापति शेरबहादुर केसी, नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य बलदेव थापा लगायत जनसम्पर्क समिति जापानमा आवद्ध नेपाली कांग्रेसका सुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सहमहामन्त्री यामलाल कँडेलले सन्चालन गरेका थिए ।

विचार गोष्ठि सकिए लगत्तै समिति र मातहतको अनुशासन समितिको संयुक्त बैठक समेत बसेको थियो ।

बैठकमा समितिमा देखिएको विद्यमान अस्थिरताका बारेमा छलफल भएको र आगामि रणनीति तय गरिएको छ ।

बैठकले पार्टी केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सम्पुर्ण प्कृया रद्द भएको र कुल ९ मध्ये चार क्षेत्रको मात्र मत परिणामको आधारमा पार्टी गतिविधिहरु गरिएकाले त्यस सँग सम्बन्धी सबै प्रकृया अबैध भएको ठहर गरेको छ । साथै पार्टी हित विपरित कार्य गरेको भन्दै जनसम्पर्क समितिको निर्वाचन समितिका सदस्य मुक्तिराम खनाल विनोदको पार्टी साधारण सदस्यता समेत नरहनेगरि कारबाही गरिएको छ ।

उनलाई जनसम्पर्क समिति जापानको संशोधित बिधान २०१६ को दफा १२ को उपदफा क बमोजिम कारबाही गरिएको जनाइएको छ ।

यस्तै बैठकले समितिको नयाँ नेतृत्वका लागि निर्वाचन गराउनका लागि वर्तमान कार्यसमितिलाई पूर्णता दिइ १ बर्षे कार्यकाल थप्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?