जापानी प्रधानमन्त्री आवे अमेरिका प्रस्थान

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवे युन बैठकमा सहभागी हुन न्युयोर्क गएका छन् । उत्तर कोरियाले पछिल्लो समय गरेको परमाणु हतियार परिक्षण विरुद्द अन्तराष्ट्रिय सहयोग जुटाउन आवे न्युयोर्क पछि क्युवा जाने भएका छन् ।

क्युवाको भ्रमण गरे आवे क्युवा भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री हुनेछन् । जवकी क्युवा र उत्तर कोरिया विच राम्रो सम्बन्ध भएको मानिन्छ । क्युवामा आवेले क्यारेवियन टापुहरुमा विकासको लागि केहि सहयोगको घोषणा गर्ने जनाईएको छ ।

बुधवार हुने युनको सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओवामाको सम्बोधनमा आवे पनि सहभागी हुने जनाईएको छ ।
युनको सम्मेलनमा आवेले शान्ति र सुरक्षाको विषयमा आफ्ना विचारहरु व्यक्त गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?