जापानको प्रमुख विपक्षी दलको अध्यक्षमा महिला नेता निर्वाचित

जापान । जापानको सबै भन्दा ठुलो विपक्षी दल डेमोक्रेटिक पार्टीले कार्यकारी अध्यक्षमा रेनहोलाई चुनेको छ ।

पार्टीका सांसदहरुले एक असाधारण अधिवेशनमा पदमुक्त हुन लागेका अध्यक्ष कात्सुया ओकादाको उत्तराधिकारी चुन्नको लागि मतदान गरेको थियो ।

यो पदको लागि तीन जनाको प्रतिस्पर्धा भएको थियो ।  जस मध्य रेनहो, पूर्व विदेश मन्त्री सेइजि माएहारा तथा पार्टीका संसदीय मामिलाका उप-कार्यध्याक्ष युइचिरो तामाकि रहेका थिए । तिनीहरु विच विवादको प्रमुख मुद्दामा मानिसहरुको सहयोग प्राप्त गर्ने तथा चुनावमा अन्य विपक्षी पार्टीहरुसंग सहकार्य गर्ने जस्ता मुद्दाहरु समावेश गरिएका थिए ।

रेनहोले पहिलो पटक २००४ मा माथिल्लो सदनको सिटमा विजय प्राप्त गरेकी थिईन् । त्यसभन्दा अघि टिभी हस्ती तथा समाचार प्रस्तुतकर्ताको रुपमा उनी काम गर्ने गर्थिन् ।

जब जापानी डेमोक्रेटिक पार्टी सत्तामा थियो तब रेनहोले प्रशासनिक सुधार मन्त्रीको पद सम्हालेको थियो । अपव्यय रोक्नको लागि बजेटको जाँच गर्ने भन्ने पार्टी द्वारा चलाईएको कार्यक्रमको समयमा आफ्नो उर्जावान प्रयासको लागि उनलाई चिनिने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?