कास्की-पोखरा समाज जापानको बनभोज कार्यक्रम सम्पन्न

जापान । कास्की पोखरा समाज जापानको रमाइलो भेटघाट तथा बार्बेक्यु बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार सम्पन्न भएको बनभोज कार्यक्रममा मनाइयोर जापानबासी पोखरेली तथा अन्य संघ संस्थाहरुको प्रतिनिधिहरु गरी एक सय भन्दाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विभिन्न स्वादिस्ट परिकार को साथमा कर्बुजा फुटाउने (सुइकावारी) ,बिंगो लगायता मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका कास्की पोखरा समाजका अध्यक्ष शिब प्रसाद पौडेलले व्यस्त समयको बाबुजुदपनि समय निकालेर भएपनि रमाइलो भेटघाट गर्न आएका सबै सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?