जापानका सुरक्षा अधिकारीहरुसंग आवेको विशेष बैठक

जापान । जापानका प्रधानमन्त्री सिन्जु आवेले उत्तर कोरियाले गरेको परमाणु हतियार परिक्षणको विरोध गर्दै विश्व शान्तिको लागि जापानले योगदान बताएका छन्।

shinju-abeआफ्नो देशका सुरक्षा अधिकारीहरुको विचमा कुरा राख्दै आवेले सो विचार व्यक्त गरेका हुन् ।उनले पछिल्लो नौ महिनामा उत्तर कोरियाले २ वटा परमाणु परिक्षण गरेको भन्दै त्यस गतिविधिलाई कुनै हालतमा सहन नसकिने बताएका छन्।

आवेले पछिल्लो महिनामा प्योङयाङ द्वारा ब्लास्टिक मिसाईल प्रक्षेपण भएको थियो र त्यो जापानको चर्चित आर्थिक क्षेत्रमा खसाईएको थियो।
पछिल्लो समय समुन्द्री क्षेत्रमा बढ्दै गएको चीनको गतिविधिका कारण पनि जापानले कठोर समयको सामना गर्न परेको आवेले बताएका छन्।

आवेले आफुले जापान र जापानी जनताहरुलाई कसरि शान्तिपूर्ण तरिकाले जीवन जिउन सहयोग गर्ने भन्ने विषयमा सोचिरहेको बताएका छन् ।
जापानको नयाँ राष्ट्रिय सुरक्षा नीतिले पनि देशको आत्मरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । राष्ट्रिय सुरक्षा नीति स्थापित भएको र अब लागु मात्र गर्न बांकी रहेको आवेले बताएका छन्। विश्व शान्ति, स्थिरता र मानवताको लागि जापानले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने आवेको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?