जापानमा विपीको सम्झना

जापान स्थित नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका नेता वि.पी कोईरालाको १०३ औं जन्मजयन्ती  मनाएको छ।

हिजो टोकियोमा “वि.पी.विचार र वर्तमान नेपालको राजनीतिमा यसको अपरिहार्यता ” विषयक विचार गोष्ठीको आयोजना गरि विपी जयन्ती मनाईएको हो ।

कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति जापानका नवनिर्वाचित सभापति डण्डपानी कँडेल (डी.पी.) ले गरेका थिए ।

bp-memorial-program-japanकार्यक्रममा जापान स्थित क्रियाशील विभिन्न पार्टीका प्रवासी भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, व्यवसायीहरू, बुद्धिजीवीहरू, पत्रकार, मजदुर, विद्यार्थी लगायत समर्थक तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै काँग्रेस महाधिवेशन प्रतिनिधि सुभाष लोहनीले वि.पी को सम्झनामा मात्र अल्झिने नभई उहाँको सपना पुरा गर्न सके मात्र वि.पी.विचारले सार्थकता पाउने बताएका थिए ।

जनसम्पर्क समिति भित्रको सानातिना मतभेदहरू बाहिर आउँदा वि.पी.को मेलमिलापको सिद्धान्तको हामी आँफैले खिल्ली उडाईरहेको जस्तो देखिन गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै सहमति र सहकार्यमा आउन असन्तुष्ट पक्षलाई उनले आग्रह गरेका थिए ।

 कार्यक्रममा गैह्र-आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भवन भट्टले एक शुभकामना सन्देश पठाई आफु उपस्थित हुन नसकेता पनि कार्यक्रम पुर्ण सफलताको कामना गरेका थिए ।

कार्यक्रममा ओनो,जापानका अध्यक्ष रघुद्धिप खड्का,नयाँ शक्ति नेपाल पार्टी सम्वद्ध अन्तर्राष्ट्रीय नेपाली समाज जापानका सह-संयोजक चण्डिका अम्गाई, जनसम्पर्क समिति जापानका पुर्व केन्द्रीय सदस्य विनोद खनाल, बुद्धिजीवी गणेश नेपाल, अनेसास जापानका कोषाध्यक्ष श्रवण सत्याल, बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदी, कास्की पोखरा समाज जापानका अध्यक्ष शिव पौडेल लगायत अतिथिहरूले वि.पी.कोईरालाको बहुआयामीक व्यक्तित्व माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा गैह्र-आवासीय नेपाली संघ जापानका उपाध्यक्ष टासी लामा,गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष दिलु खत्री,एन आर एन अभियन्ताहरू सरोज खत्री, लिल गुरूङ, नेपाल तरूण दल मनाङका अध्यक्ष छेवाङ नोर्बु लामा, तरूण दलकै निकेश श्रेष्ठ, जनसम्पर्क समिति, कान्तोका निवर्तमान क्षेत्रीय सभापति प्रेम कँडेल, कान्तो क्षेत्रीय सचिव विमान सिंह तामाङ, पत्रकार नारायण रिमाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन मन्तव्यका क्रममा सभापति डि.पि.कँडेलले वी.पी.विचार नै नेपाली राजनैतिक ईतिहासको उत्कृष्ट विचार भएको बताएका थिए ।bp-memory-japan

जनसम्पर्क समिति जापानमा देखिएको भनिएको विवादका सन्दर्भमा बोल्दै सभापति कँडेलले सहमति र सहकार्यको अर्को विकल्प नभएको दोहोराएका थिए । कार्यक्रममा कार्यसमिति सदस्य राम बहादुर कार्कीको स्वागत मन्तव्य र महामन्त्री रामजंग कार्कीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?