उत्तर कोरियाको परमाणु हतियार परिक्षण जापानको लागि सुरक्षा थ्रेट

 

जापान । उत्तर कोरियाले गर्दै गरेको परमाणु हतियार विकास जापानको लागि वास्तविक सेक्युरिटी थ्रेट भएको सुरक्षा मामिलासंग सम्बन्धित विश्लेषकहरुले बताएका छन् ।

missile-test-nkयही वर्षमा मात्र उत्तर कोरियाले २० वटा ब्लास्टिक मिसाईल परिक्षण गरिसकेको छ भने दुई दिन अघि मात्र उत्तर कोरियाले गरेको परमाणु परिक्षण अहिलेसम्मकै ठुलो र पाँचौ परमाणु परिक्षण हो ।

जापानका रक्षा मन्त्री तोमोमी इनादाले उत्तर कोरियाले पछिल्लो ४ वटा परमाणु हतियारको सफल परिक्षण गरिसकेपछि पनि आगामी दिनमा त्यस्ता हतियार परिक्षण नगर्ला भन्ने कुनै पनि आधार नरहेको बताएका छन् ।

“यो समयमा नै उत्तर कोरियाले परमाणु परिक्षण गर्ला भनेर हामीले सोचेका थिएनौ, उत्तर कोरियाको परमाणु प्रविधि उनीहरुले लिएको लक्ष्य सम्म पुगेको छ । “, रक्षा मन्त्रालयका वरिष्ट अधिकारिले बताए ।

रक्षा मन्त्रालयका अर्का वरिष्ट अधिकारीले भने, “परमाणु हतियार परिक्षणको समय अत्यन्त छोटो भएको हुँदा उत्तर कोरियासंग अत्याधुनिक प्रविधि भएको अनुमान पनि त्यो आधारमा पनि लगाउन सकिन्छ । “

पछिल्लो परमाणु हतियार परिक्षण उत्तर कोरियाले जनवरीमा गरेको थियो । उत्तर कोरियाको नेतृत्वमा किम जोंग उन आएपछि त्यहाँ परमाणु र आणविक हतियारको विकासमा तीव्रता आएको छ ।

जुन महिनामा मध्यम दुरीसम्म हमला गर्न सकिने मुसुदान ब्लास्टिक मिसाईल पहिलो पटक सफल प्रक्षेपण गरिएको थियो ।

त्यस्तै अगष्ट र सेप्टेम्बर महिनामा जापानको समुन्द्री क्षेत्रको आसपास उत्तर कोरियाले मध्यम दुरी सम्मकै रोड़ोंग प्रकारको मिसाईल प्रक्षेपण गरेको थियो ।

पनडुब्बी बाट लन्च गरिएको ब्लास्टिक मिसाईल पनि उत्तर कोरीयाले अगष्ट महिनामा सफलता पूर्वक परिक्षण गरेको थियो ।

जापानले मुख्यतया रोड़ोंग प्रकारको र एसएलएमबी नामका परमाणु हतियारहरुलाई आफ्नो सुरक्षा क्षेत्रमा थ्रेटको रुपमा लिएको रक्षा मन्त्रालयले जनाएको छ ।

त्यस्तो सुरक्षा थ्रेटको सामना गर्न जापानले अमेरिका र दक्षिण कोरियासंग सहकार्य गरेर अघि बढ्ने जनाएको छ ।

रोड़ोंगको प्रकारका परमाणु हतियार मार्फत उत्तर कोरियाले जापानलाई चुनौती दिन चाहेमा सक्ने भन्दै वरिष्ठ अधिकारीहरुले जापानले त्यो बारेमा आफुलाई तयारी अवस्थामा राख्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?