भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले भन्यो–सबै रकम हामीसँगै छ, कोही पनि भ्रममा नपरौं

जापान । एक अनलाईन पत्रिकाले तथ्यरहित समाचार प्रकाशन गरेको भन्दै भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले आपत्ती जनाएको छ ।

japan bbb

नेपाल ब्रिटेन डट कमले यही सेप्टेम्बर ६ मा प्रकाशन गरेको ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शिर्षकको समाचारमा कुनै सत्यता नभएको जनाएको छ । समितिले विज्ञप्ती जारी गर्दै उक्त समाचारमा उल्लेख गरिएको विषय र समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।

समितिले विज्ञप्तीमा उक्त समाचारमा कुनै किसिमको सत्यता नभएकाले भ्रममा नपर्न सम्बन्धीत सबैलाई आग्रह समेत गरेको छ ।

भूकम्प पीडित राहत तथा सहयोग समिति जापानको सचिवालय समितिका सदस्यहरु तिलक मल्ल, महेशकुमार श्रेष्ठ र जिज्ञानकुमार थापाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा समितिको जापानस्थित जापान पोष्ट बैंकको खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको उल्लेख गरिएको छ ।

japan bhukampa

विज्ञप्तीमा यस अघि पटक पटक गरेर ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालस्थित खातामा पठाइसकिएको उल्लेख छ ।

जापान पोष्ट बैंकमा जम्मा भएको सबै रकम समितिले नै उठाएको र त्यो रकम कहाँ सदुपयोग गर्नेबारे समितिले नै निर्णय गर्ने उल्लेख गरिएको छ ।

स्मरण रहोस् यो समिति एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समिति हो ।

विज्ञप्तीमा भनिएको छ ‘यो रकम एनआरएन आइसिसिको कोषमा पठाउन पटक पटक एनआरएनका पदीय जिम्मेवारीमा रहनुभएका साथीहरुले अनुरोध गर्दै आउनुभएको भए पनि रकमको खर्च कहाँ कसरी हुन्छ र जापानबासी नेपालीहरुको योगदानको पहिचान कसरी हुन सक्छ भन्ने स्पष्ट जानकारी पाउन नसकेकाले कोष जापानमा नै सुरक्षित रहेको कुरा पनि यसै अवसरमा जानकारी गराउदै उक्त मौज्दात रकम कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा यस समितिले निकट भविष्यमै उपयुक्त निर्णय लिने कुरा अवगत गराउँदछौं ।’

विज्ञप्तीमा समितिले बैंक खातामा रहेको विवरण पनि संलग्न गरेको छ । समितिले समाचार सम्प्रेषण गर्नु अगावै सत्य तथ्य बुझीदिन पनि आग्रह गरेको छ ।

14274459_10154486638281613_203412825_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?