सम्पूर्ण अधिकारीको नेतृत्व चयन गर्दै मोर्चाको टोकियो क्षेत्रीय अधिवेशन सम्पन्न

टोकियो । नेकपा माओवादी केन्द्रको जापानस्थित भातृ संगठनको टोकियो क्षेत्रीय अधिवेशनले सम्पूर्ण अधिकारीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन भएको छ ।

tokyo-sammelanशनिवार टोकियोमा भएको एकता अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति गठन गरेको हो । यो कार्यसमिति गठन संगै तत्कालिन एमाओवादी र नेकपा माओवादीको (बादल समुह) बिच एकता भएको छ ।

अधिवेशनद्वारा गठित समितिको चारजना उपाध्यक्षहरुमा गोकर्ण वर्तौला, मदन थापा, शिक्षा शान्ति वाइवा र विश्व अधिकारी चयन भएको छ भने सचिवमा दावा शेर्पा, सहसचिवमा शिशिर न्यौपाने र मुना सुनार, कोषाध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।tokiyo-sammelan1

त्यस्तै गरी सदस्यहरुमा प्रकाश ओली, हिमाल पौडेल, सविना घिमिरे, विवेक पाठक, प्रज्वल लामा, प्रमोद दाहाल, अनिल तामाङ,  रञ्जन गौतम, नविन चन्द, दिपक खतिवडा, किरण रम्तेल, प्रताप गुरुङ, बिनोद ढकाल, म्याकस लामा, ध्रुव अधिकारी, मनोज अमगाई, रमेश यादव र बच्चुराम अर्याल रहेका छन् ।

थप ४ जना सदस्य पछि मनोनित गर्ने गरी कुल ३१ सदस्यीय कार्यसमिति निर्माण गरिने बताईएको छ ।मौजुदा कार्यसमितिका उपाध्यक्ष लेखनाथ शर्माको सभापतित्वमा भएको अधिवेशनको बन्दसत्रले मोर्चाका पूर्व अध्यक्ष बेलु थापाको संयोजकत्वमा बाबुराम पौडेल र जनक सुबेदी रहेको निर्बाचन समितिले नयाँ कार्यसमिति गठन प्रक्रियालाई अगाडि बढाएको हो ।

अधिवेशन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मोर्चाका केन्द्रिय अध्यक्ष अरुणकुमार श्रेष्ठले माओबादीहरुबीच भएको एकताले संसारभरिका माओबादी पंक्तिमा उत्साह पैदा गरेको बताएको छन् ।

उनले पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थुप्रै जुझारु युवाहरुको संख्या जापानमा दिनप्रतिदिन बढ्दोक्रममा रहेकोले ती सबैलाई समेट्दै मोर्चालाई सशक्त बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यस्तै मोर्चाका पूर्व अध्यक्ष बेलु थापाले एकतासंगै संगठनलाई पुनर्जीवन दिई नयाँ उचाईमा पुर्‍याउन विगतका त्रुटीहरुबाट सिक्न जरुरी रहेको औंल्याए ।

अधिवेशन समारोहमा मोर्चाको आउँदो १९ तारिख हुन गईरहेको केन्द्रिय अधिवेशन आयोजक समितिका सचिवालय सदस्यहरु डा. भूपालमान श्रेष्ठ, रामहरि पुँडासैनी,  हवलचन्द्र लामा,  विश्वेश्वर रेग्मी, कालिका थापा, श्यामहरि पाण्डे, मोहन पौडेल परेका छन् ।

नवगठित कार्यसमितिलाई सपथ ग्रहण गराउनुका साथै बधाइ दिईएको थियो । नवनिर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीले जापानमा मोर्चा नम्बर एक संगठन हुनुपर्ने र त्यो पुरा गर्ने जिम्मेवारी आफुहरुमा आएकोले त्यो पुरा गरेरै देखाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अधिवेशन समारोहमा मौजुदा कार्यसमितिका सचिव सरोज धितालको स्वागत मन्तब्य राखेका थिए भने अधिराज लामाले संचालन गरेका थिए ।

शिन ओकुवोस्थित टोकियो रोधी क्लवको सभाहलमा सम्पन्न मोर्चाको टोकियो क्षेत्रीय अधिवेशनमा चिवा, साइतामा, योकोहामा, गुन्मा, तोचिगी लगायतका टाढा टाढाका सहरबाट उत्साहजनक सहभागिता रहेको थियो ।

 नेपाली जनप्रगतिशील मोर्चाको केन्द्रिय एकता अधिवेशन यहि आउँदो १९ तारिख टोकियोमा हुने भएको छ । देव गुरुङ, लिलामणि पोखरेल लगायतका केन्द्रिय नेताहरुको विशेष उपस्थितिमा हुने अधिवेशनको तिब्र तैयारी भईरहेको मोर्चा स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?