जापानी प्रधानमन्त्री आवे र रसियाका राष्ट्रपति पुटिन विच भेटवार्ता

जापानका प्रधानमन्त्री सिन्जु आवे र रसियाका राष्ट्रपति भल्दामिर पुटिन भल्दादिभोस्तोकमा भेट भएको छ । आवेले रसियाको सुदुर पूर्वमा दुई दिन भ्रमण गरिरहेका छन् । पुटिनसंग शुक्रवार बेलुका जापानी प्रधानमन्त्री आवेको एउटा उच्च स्तरिय वार्ता सुरु भएको छ ।

abe-putin

दुई नेताहरु विच पछिल्लो मे महिनामा दक्षिणी रुसको सोचीमा भेट भएको थियो । जापानी सरकारी सुत्रले बताए अनुसार आवे र पुटिन विच भएको पहिलो भेटमा दुवै तर्फबाट आधिकारिक कुराकानी केहि पनि नभएको बताईएको छ तर बेलुकाको डिनर गर्ने क्रममा अन्य व्यक्तिहरुसंगै उनीहरुले थप कुराकानी गर्नेछन् ।

दुवै नेताहरुले एक अर्काको भाषा सोझै नबुझ्ने भएकाले दोभासेको मद्दतले मात्र उनीहरु विच सार्थक वार्ता हुने बताईएको छ । सोचिमा आवेले पुटिन समक्ष पेश गरेका ८ बुँदे योजनाहरु बारे जापानी प्रधानमन्त्री आवेले कुरा गर्ने जनाईएको छ।

आवेले दुई देश विचको शान्ति सन्धि तथा ४ वटा जापानले दावी गरिरहेको रसियाले कब्जा गरेको टापुको बारेमा पनि वार्ता गर्ने बताईएको छ।

टोक्यो बाट रसिया जाने बेलामा आवेले त्यो विषयमा पनि कुरा गर्ने बताएका थिए। दोस्रो विश्वयुद्द पछि समुन्द्री टापुहरुको विषयलाई लिएर जापान र रसियाले शान्ति सन्धिमा हस्ताक्षर गरेका थिएनन् । जापानी प्रधानमन्त्री आवेले पुटिन डिसेम्बरमा जापान आउँदा सम्झौता गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?