दुई दिवसीय तीज महोत्सवको अन्तिम कार्यक्रम आज मेगुरोमा हुँदै

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजित दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को दोश्रो अर्थात आज अन्तिम कार्यक्रम औपचारिक हुने भएको छ ।

अगष्ट ३० तारिख मंगलवार अर्थात आज ३ बजेबाट सुरु हुने तीज महोत्सव मेगुरो कुमिन सेन्टरमा हुँदैछ । अगष्ट २८ तारिख आईतवारको अनौपचारिक कार्यक्रमको पहिलो दिन भव्य र सभ्य रुपमा सम्पन्न गरेको ग्रुपको दोश्रो पूर्व निर्धारित कार्यक्रम हो ।

आईतवारको कार्यक्रम अनौपचारिक गरिएता पनि आज हुने दोश्रो कार्यक्रम औपचारिक हुने भएकोले जापानमा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, बुद्विजीवि, पत्रकार, समाजसेवी, स्पोन्सोर लगायत सवैलाई उपस्थितिको लागि ग्रुपकी संयोजक स्मृति आचार्यले आग्रह गरेकी छिन् ।

मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को अन्तिम कार्यक्रममा नेपालका चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महतको बेजोड प्रस्तुति रहनेछ ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?