दुई दिवसीय तीज महोत्सवको पहिलो कार्यक्रम आज इकेबुकुरोमा हुँदै

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को पहिलो दिनको कार्यक्रम आज आईतवार ५ बजेबाट सुरुबाट  हुने भएको छ ।

आज अर्थात अगष्ट २८ तारिख आइतबार ५ बजेबाट इकेबुकुरो स्थित तोशिमा कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत कार्यक्रमको प्रमुख आकर्षण रहेको छ ।

दुई दिवसीय तीज महोत्सवको दोश्रो कार्यक्रम मेगुरो स्थित मेगुरो कुमिन सेन्टरमा अगष्ट ३० तारिख मंगलवार ३ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?