दुई दिवसीय तीज महोत्सवका लागि कलाकारहरु टोकियो आईपुगे

image
टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को लागि कलाकारहरु जापान आईपुगेका छन् ।

यहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत जापान आएका हुन् ।

हानेदा एअरपोर्टमा ११ बजे ओर्लिएका कलाकारहरुलाई म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले स्वागत गरेकी थिइन् ।

यहि अगष्ट २८ तारिख तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा ५ बजे र ३० तारिख मेगुरो कुमिन सेन्टरमा ३ बजे दुई दिवसीय तीज कार्यक्रम हुँदैछ ।

image

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?