जापानी महिलाहरुलाई माथिल्लो निकायमा पुर्याउन सरकारले विशेष पहल गर्छ : सुगा

जापान । जापान सरकारको माथिल्लो क्याविनेटका सचिव योशिहिडी सुगाले महिलाहरुलाई देशको माथिल्लो निकायमा पुराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
suga
शुक्रवार आयोजना भएको पत्रकार सम्मेलनमा सुगाले लिवरल डेमोक्रेटिक पार्टीले एक दिन अघि व्यक्त गरेको विचार सबैमाझ प्रस्तुत गरेका थिए ।
तोशिहिरो निकाईले पत्रकार सम्मेलनमा उच्च खानदानका महिलाहरु शासक हुन सक्दैनन् भन्ने कुनै कारण चाहिं जवकी अहिलेको जमानामा महिलाहरुले विभिन्न क्षेत्रमा विशेष भूमिका निभाएका छन् ।

अहिलेको वर्तमान नियम अनुसार महिलाहरुलाई भन्दा पुरुष युवाहरुलाई शासक बन्ने अधिकार बढी दिएको निकाईले बताए । निकाईको भनाईमा असहमति जनाउँदै सुगाले सम्राटहरुमा महिला र पुरुष दुवैले स्थान पाउने वातावरणको लागि सरकारले उचित भूमिका खेल्न पर्ने बताएका छन् । सरकारले सावधानीपूर्वक यस्ता अफ्ठ्याराहरुलाई हल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?