वाल्टिमोर र वासिंगटन जोड्ने रेल मार्गको अनुसन्धानको लागि जापानले २ मिलियन डलर खर्च गर्ने

जापान । अमेरिकाका लागि जापानी राजदूतले वाल्टिमोर र वासिंगटन जोड्ने उच्च गतिको ट्रेन गुडाउन आवश्यक पर्ने अध्ययनको लागि जापानले २ मिलियन अमेरिकी डलर खर्च गर्ने बताएका छन् ।

japan-baltimore-washiton-trainराजदूत केनिचिरो सासेले जापान र मेरिल्याण्ड विचको व्यापार सम्झौताको समयमा बुधवार सो कुरा बताएका हुन् ।

नोभेम्बर महिनामा राष्ट्रिय सरकारले झन्डै २८ लाख अमेरिकी डलर वाल्टिमोर र वासिंगटन जोड्ने उच्च दुरीको ट्रेनको विकासको लागि छुट्टाएको थियो ।

त्यस रेलको निर्माणको लागि योजना बनाउन र ईन्जिनियरिंग अनुसन्धान गर्नको लागि रकम चाहिने जनाईएको छ ।

त्यो योजना सफल भए वाशिंगटन देखि वाल्टिमोर केवल १५ मिनेटमा पुग्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?